मंगलबार, भदौ २, २०८३

आज सूर्यग्रहण : के गर्न हुन्छ, के हुँदैन ?

पुस कृष्ण अमावास्याका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– पुस कृष्ण अमावास्याका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले आज बिहान ८ः४२ मा ग्रहणले स्पर्श गर्ने जानकारी दिए। उनका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ। उनले बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने बताए।

उनका अनुसार ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा)अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई भोजन निषेध गरिएकाे छ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख छ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सावधानी अपनाउनुस् : खगोलविद्

खगोलविद् जयन्त आचार्यले सूर्यग्रहण हेर्दा सावधानी अपनाउन सुझाव दिएका छन्। उनले सूर्यग्रहण नांगो आँखाले नभई चस्मा लगाएर मात्रै हेर्न सुझाएका छन्। 

उनका अनुसार आँखाभित्रको रेटिनामा सूर्यको प्रकाश परेमा एउटा भाग स्थायी रूपमै नष्ट भई अन्धो हुने सम्भावना छ। ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: Dec 26, 2019| 01:49 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।