मंगलबार, भदौ २, २०८३

कम्प्यूटर अपरेटर र लेखा अधिकृत घुससहित पक्राउ

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कम्प्यूटर अपरेटर नविन कुमार सिंह र पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्की घुससहित पक्राउ परेका छन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं - घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कम्प्यूटर अपरेटर नविन कुमार सिंह र पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्की घुससहित पक्राउ परेका छन्।

कम्प्यूटर अपरेटर सिंह ७० हजार र लेखा अधिकृत कार्कीलाई आठ हजार पाँच सय घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो।
सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भन्दै सेवाग्राहीबाट ७० हजार घुसवापतको रकम लिइसकेको अवस्थामा कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।

यस्तै लेखा अधिकृत कार्कीले कार्यालयसँग सम्बन्धित पत्रिकामा प्रकाशित विज्ञापनको रकम भुक्तानी गरेवापत घुस लिएको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

इन्जिनियरसहित ५ जना विरुद्ध मुद्दा

अख्तियारले डडेल्धुरामा झुठो प्रतिवेदन बनाएर कृषि सडकको बजेट भुक्तानी गर्ने इन्जिनियरसहित पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ। परशुराम नगरपालिकाका इन्जिनियर नरेन्द्र भाट, असिस्टेन्ट सब–इन्जिनियर नरबहादुर बोहोरासहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

परशुराम नगरपालिकाको बेल्डाङी कृषि सडकमा झुठो विवरण पेश गरी उपभोक्ता समितिलाई रकम भुक्तानी दिएको आरोपमा एक लाख ७३ हजार एकसय ९० माग दाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

अख्तियारले भाट र बोहोरासँगै कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर बोहरा, कोषाध्यक्ष मथुरी देवी बोहरा र सचिव तेजबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित: Dec 25, 2019| 12:20 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।