मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै देशका धनाढ्‍य महिलालाई प्रलोभनमा पारेर पैसा लुट्थे चिनियाँ

आफ्नै देशका धनाढ्‍य महिलालाई प्रलोभनमा पारेर पैसा लुट्थे चिनियाँ

नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरु नेपालमा बसेर आफ्नै देशका धनाढ्य महिलाबाट रकम लुट्न सकृय रहेको खुलेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरु नेपालमा बसेर आफ्नै देशका धनाढ्य महिलाबाट रकम लुट्न सकृय रहेको खुलेको छ।

नेपाल प्रहरीले ‘चार्ली फाेक्स्टर’ अपरेशन चलाएर मंगलबार काठमाडौंका बिभिन्न स्थानबाट १ सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो।

उनीहरु अनलाइनमार्फत अफ्नै देशका धनाड्य र एकल महिलाबाट रकम लुट्न सकृय भएको खुलेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी चिनियाँ नागरिक पक्राउ बारे जानकारी दिँदै उनीहरु नेपाल बसेर आफ्नै देशका महिलाबाट रकम लुट्न सकृय रहेको जनाएको हो।

ब्युरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले अनलाइनमार्फत आफ्नै देशका धनाढ्य र एकल महिलालाई साथी बनाउने र उनीहरुको विश्वास जितेर रकम लुट्ने गरेको जानकारी दिए।

‘अनलाइनमा थोरै लगानी गरे पनि धेरै कमाउन सकिन्छ भन्दै महिलाहरुलाई प्रभावमा पार्ने गरेको बेइजिङ इन्टरपोलले जनाएको छ’ शाहीले भने, ‘सुरुमा थोरै रकम हालेपछि विश्वास जित्नकै लागि आफैंले रकम थपेर पठाउने र पछि धेरै रकम हाल्न लगाएर लुट्ने गरेको खुलेको छ।’

उनीहरुको साथबाट ७ सय ४७ थान मोबाईल बरामद गरिएको छ। एउटा मोबाईलबाट एउटालाई ठग्यो भने अर्को पटक त्यो मोबाईल नै प्रयोग नगर्ने आशंका प्रहरीले गरेको छ।

सिआईबीका एक अधिकारीका अनुसार चिनियाँ नागरिकले देश बाहिर बसेर आफ्नै देशका बैंकका एटिएम ह्याक गरेर केही प्रान्तको अर्थतन्त्रमा निकै ठूलो हलचल ल्याएको खुलेको छ।

प्रहरीले उनीहरुबाट तीन सय ३१ थान ल्यापटप, तीन सय २७ थान सिमकार्ड, ९८ थान सीपीयू र ९९ थान मोनिटर, ६७ थान राहदानी, २२ थान पेनड्राईभ, चार लाख २० हजार रुपैयाँ, एक किलोग्राम बराबरको सुनको सिक्री बरामद गरेको छ।

बरामद गरिएका सामानहरुको अनुसन्धान बाँकी रहेकाले के कस्ता आपराधिक गतिविधिमा संलग्न थिए भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

सिआईबीका अनुसार पक्राउ परेकामध्ये दुई जनाबाहेक सबै पहिलोपकट नेपाल आएको खुलेको छ।

शाहीले अनुसन्धानबाट जुन कसुर स्थापित हुन्छ त्यसैअनुसार उनीहरुमाथि कारबाही हुने बताए।

उनीहरु सबै पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरुलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको थियो।

प्रहरीले अहिले उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ।

प्रकाशित: Dec 25, 2019| 12:00 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।