मंगलबार, भदौ २, २०८३

चिसोले जनकपुरको जनजीवन र हवाइसेवा प्रभावित

केहिदिनयता चिसो बढेपछि जनकपुरको जनजीवन प्रभावित भएको छ। जनकपुरसहित यस क्षेत्रमा हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित भएको हो।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

जनकपुरधाम - केहिदिनयता चिसो बढेपछि जनकपुरको जनजीवन प्रभावित भएको छ। जनकपुरसहित यस क्षेत्रमा हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित भएको हो। मंसिरको अन्तिम सातासम्म चिसोको खासै प्रभाव नरहेपनि पौष पहिलो सातादेखि दिनभर हुस्सु र शीतलहर चल्न थालेपछि यस क्षेत्रमा चिसो बढेको छ।

अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवृद्धा, विपन्न समुदायसमस्यामा परेका छन्। चिसो बढेपछि बजार क्षेत्रमा भीडभाड कम भएको र व्यापारिक कारोबारसमेत प्रभावित भएको व्यवसायीहरु बताउँछन्। यद्यपि न्यानो कपडा किन्नेहरुको संख्या गत वर्षको तुलनामा यस वर्ष बढेको उनीहरुको भनाइ छ।

चिसो बढेकोले बालबालिका तथा वृद्धवृद्धाहरुमा निमोनिया र रुघाखोकीको समस्या देखिन सक्ने भएकोले चिसोबाट जोगिन चिकित्सकहरुले सल्लाह दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार जनकपुरमा यस वर्षको सबैभन्दा कम तापक्रम मंगलबार मापन गरिएको छ। कार्यालयले जनाएअनुसार मंगलबार जनकपुरमा न्यूनतम तापक्रम ६.५ र अधिकतम तापक्रम २२.२ डिग्रीसेल्सियस मापन गरिएको हो। यसैगरी बुधबार न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ।

हवाइसेवा प्रभावित

शितलहरसँगै लागेको बाक्लो हुस्सुका कारण काठमाडौं–जनकपुर हवाइसेवासमेत प्रभावित भएको छ। बिहानदेखि बेलुकासम्म कुहिरो लाग्न थालेपछि पटकपटक काठमाडौं–जनकपुरको उडान रद्द हुँदै आएको छ। मंगलबार उडान प्रभावित नभएपनि कुहिरोले गर्दा बुधबार उडान सेवा पूर्णरुपमा प्रभावित भएको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ। विमान अवतरण र उडानका लागि आवश्यक ‘भिजिविलिटी’ नपुगेपछि बुधबार सम्पूर्ण उडान रद्द गरिएको कार्यालयको भनाइ छ। मौसम अनुकूल भएमात्र बिहीबार हवाइसेवा सञ्चालन हुनसक्ने कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 25, 2019| 11:52 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।