हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराएरै छाड्ने बताएका छन्।
बुधबार हेटौंडामा पार्टी जिल्ला समितिद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बर्द्धनका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डोर्र्याउँदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे।
आफ्नो धर्म, संस्कृति र पहिचानको पक्षमा बोल्दा कुनै हिनताबोध राख्नुपर्ने आवश्यकता नरहेको भन्दै थापाले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक विचार जनतासमक्ष लैजान कार्यकर्ताहरुलाई आग्रह गरे।
मुलुकमा भ्रष्टाचार संस्थागत ढङ्गले अघि बढिरहेकोमा आक्रोश व्यक्त गर्दै उनले विकृति, विसंगति र ब्रम्हलुटको विरुद्धमा जनता नजागे मुलुक धराशायी हुँदै जाने चिन्ता प्रकट गरे।