मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकले सहुलियत ऋण नदिए उजुरी गर्नुस्ः उपाध्यक्ष ढुंगेल

बैंकले सहुलियत ऋण नदिए उजुरी गर्नुस्ः उपाध्यक्ष ढुंगेल

सरकारले दिने भनिएको सहुलियत ब्याजदरको ऋण बैंकहरुले नदिए तत्काल उजुरी गर्न राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अनुरोध गरेका छन् ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

भैरहवा– सरकारले दिने भनिएको सहुलियत ब्याजदरको ऋण बैंकहरुले नदिए तत्काल उजुरी गर्न राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अनुरोध गरेका छन् । भैरहवामा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ढुंगेलले भने, ‘बैंकहरुले सरकारसँग हामी सहुलियत दरको ऋण दिन तयार छौं भन्ने अनि नदिने ? प्रक्रिया पूरा गर्ने हरेक युवालाई सहुलियत दरको ऋण दिनैपर्छ । नदिए तत्काल नजिकैको राष्ट्र बैंक र राष्ट्रिय युवा परिषदमा उजुरी दिनुहोस् । हामी त्यस्ता बैंकलाई कारबाही प्रक्रियामा लान्छौं ।’

अध्यक्ष ढुंगेलले राष्ट्रिय युवा परिषदको सक्रियतामा ७ किसिमका कर्जा दिनेगरी कार्यक्रम अगाडि बढाइएको बताए । ‘कृषि तथा पशुपक्षी कर्जा ५ करोडसम्म, शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा ७ लाखसम्म, महिला उद्यमशिल कर्जा १५ लाखसम्म, दलित समुदायका युवालाई १० लाखसम्म कर्जा, विदेशबाट फर्किएर आएका युवालाई कर्जा १० लाख बिना धितो दिनेगरी सरकारले कार्यक्रम नै घोषणा गरेको हो,’ उनले भने ।

हालसम्म ४७ जना युवालाई प्रमाणपत्र राखेर क्रण दिन सहजीकरण गरेको परिषदले मधेसलाई नै आधार बनाएर विपन्न समुदायका युवा महिलालाई पनि उद्यमशील बनाउन विशेष अभियान चलाउन थालेको उनले बताए । उनले भने, ‘सहुलियत दरको ऋणमा केही कडा प्रावधान राखिएको रहेछ । यसले गर्दा युवाहरुले सहज ढंगले ऋण पाउन गाह्रो भएको थियो । त्यसलाई संशोधन गर्ने तयारी छ । फाइल अर्थ मन्त्रालयमा पुगिसकेको छ ।’

हालसम्म १८ हजार युवाले २८ वटा वाणिज्य बैंकमार्फत् ऋण पाएका पाएको परिषदका उपसचिव देवी अधिकारीले बताए । उनका अनुसार ५ प्रतिशत भन्दा बढी ब्याज नपर्नेगरी ऋणको व्यवस्थापन गर्न परिषदले भर्खरै बैंकहरुसँग छलफल गरेको छ ।

प्रकाशित: Dec 25, 2019| 10:44 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।