मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलाली र कञ्‍चनपुरको जनजीवन चिसोले कष्टकर, हवाई उडान पनि प्रभावित

कैलाली र कञ्‍चनपुरको जनजीवन चिसोले कष्टकर, हवाई उडान पनि प्रभावित

सुदूरपश्चिम तराईमा केही दिनदेखि बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

धनगढी । सुदूरपश्चिम तराईमा केही दिनदेखि बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । पुस १ गतेदेखि कैलालीमा राम्रोसँग घाम लाग्न सकेको छैन । कैलाली र कञ्चनपुरमा चिसोका कारण स्थानीय आफ्नो दैनिकी समेत चलाउन समस्यामा परेका छन् । विशेषगरी बच्चा र वृद्धवृद्धा बढी मारमा परेका छन् ।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएकोमा धनगढीमा पनि बढी चिसो महसुस गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो अझै बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालय अत्तरियाले जानकारी दिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।

चिसो बढ्न थालेपछि बालबालिका, जेष्ठ नागरिक तथा मजदुरी गर्ने व्यक्तिलाई बढी समस्या भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मुक्त कमैया शिविरका चुल्लुराम चौधरीले बताए । आर्थिक अवस्था कमजोर हुँदा शिविरमा बस्नेहरुले न्यानो लुगा समेत किन्न नपाएको उनको गुनासो छ ।

चिसो बढ्दै गएपनि धनगढी उपमहानगरपालिकाले दाउरा वितरण नगरेको नगरवासीले गुनासो गरेका छन् । विगतका वर्षमा उपमहानगरपालिकाले दाउरा वितरण गर्ने गरेको थियो ।

चिसोका कारण स्वास्थ्य संस्थामा बिरामी पनि बढेका छन् । चिसोबाट बच्न न्यानो कपडा लगाउनुका साथै झोलिलो पदार्थ खान चिकित्सकले सुझाव दिएका छन् ।

धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले चिसोलाई मध्यनजर गर्दै वृद्धवृद्धालाई न्यानो कपडा र धनगढी बजारमा दाउरा वितरण गरिने बताए । अत्यधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका र भिमदत्त नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालय केही दिन बन्द गर्ने निर्णय गरेका छन् ।

हवाई उडान प्रभावित

खराब मौसमका कारण धनगढी विमानस्थलबाट हुने हवाई उडान समेत प्रभावित भएका छन् । मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले प्रतिकूल मौसमका कारण मंगलबार साँझ काठमाडौंबाट धनगढीका लागि हुने श्री एयरलाईन्सको उडान नभएको जानकारी दिए । बुद्ध एयरले भने निर्धारित समय भन्दा ढिलोगरी उडान भरिरहेको जनाएको छ ।

 

प्रकाशित: Dec 25, 2019| 09:42 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।