काठमाडौं - नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुरीले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन्। भेटमा पुरी दम्पत्ति पुगेका थिए। पुरी तीन वर्षे कार्यकाल सकेर बिदा हुन लागेका हुन्। उनी सन् २०१७ मार्चमा नेपाल आएका हुन्।
पुरीले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग बिदाई भेट गरिसकेका छन्। बिदाई भेटका क्रममा प्रधानमन्त्री ओलीले उनलाई मायाँको चिनो दिएका थिए।