सत्ताको लोभमा हामी सरकारमा गएको होइन । संविधान संशोधन गरी मुलुकका राष्ट्रिय समस्याहरु हल गर्ने र जनताबाट उठेका आवाजहरु सम्बोधन गर्ने शर्तमा सम्झौताका आधारमा सरकारका सामेल भयौं। सामेल भएको ६–७ महिनापछि पनि प्रधानमन्त्रीजीलाई संविधान संशोधनको लागि आग्रह गरेका हौं । त्यसपछि पनि कारबाही अगाढि बढेन।
हिजो कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा उपप्रधानमन्त्रीको हैसियतले संविधान संशोधन गर्नका लागि संविधान विज्ञहरुको एउटा कार्यदल बनाउने र कार्यदलले सुझाव दिएको आधारमा सबै राजनीतिक दलहरु बसेर छलफल गरेर संविधान संशोधन गर्ने गरी संसदमा प्रक्रिया अगाढि बढाउन क्याबिनेटमा प्रस्ताव प्रस्तुत गर्दा अस्वीकार भयो।
प्रधानमन्त्रीजीले ठाडै अस्वीकार गर्नुभयो। त्यसकारण नैतिकताका आधारमा हाम्रो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
(राजीनामा दिएपछि मगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव)