आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ’

‘नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ’

 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए । “सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ,” नेता थापाले भने, “हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।”

नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे । “नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ,” थापाले भने ।

रासस

प्रकाशित: Dec 24, 2019| 05:59 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।