काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा तह घटुवामा परेका कर्मचारीको समायोजन सच्याएको छ ।
मन्त्रालयले समायोजन गरिएको स्थानीय तहबाट फिर्ता गरिएका कर्मचारीको पहिलो चरणमा समायोजन संशोधन विवरण सार्वजनिक गरेको छ ।
स्वास्थ्यकर्मीको तह घटुवा गरी समायोजन गरेकोप्रति आपत्ति जनाएका स्वास्थयकर्मीले तह घटुवा नगर्न अदालतबाट आदेश लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्याएको हो ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष बढुवा, स्तरबृद्धि भएका कतिपय स्वास्थ्यकर्मीहरुको तह घटुवा गरिदिएको थियो । बढुवा भएको व्यक्तिलाई समायोजनमा घटुवा गर्न नपाइने भन्दै स्वाथ्यकर्मीहरुले सर्बोच्चमा रिट दायर गरेका थिए ।
मन्त्रालयले समायोजनका क्रममा स्थानीय तहमा पदस्थापन गरिएका ९ कर्मचारीको संशोधित समायोजन सूची सार्वजनिक गरेको हो ।
समायोजन संशोधन हुनेमा पाँचौँ, छठौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मी छन् ।सबैको समायोजन स्थानीय तहअन्तर्गत नै गरिएको हो ।