सोमबार, भदौ १, २०८३

जीप नियन्त्रणमा लिई लुटपाट गर्ने छ जना पक्राउ

 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

धनगढी- कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह छन् । उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ । रासस

प्रकाशित: Dec 24, 2019| 03:15 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।