आइतबार, कात्तिक १, २०८३

विप्लवको चेतावनी : एमसीसी सम्झौताको प्रतिरोध गर्छौं

नेत्रविक्रम चन्द विप्लव नेतृत्वले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता तथा त्यसलाई पारित गराउन भइरहेको प्रयासमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता तथा त्यसलाई पारित गराउन भइरहेको प्रयासमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले अमेरिकाले उक्त सम्झौतामा नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न सबैलाई आह्वान गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ। त्यो संकट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको छ।'

विज्ञप्तिमा एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र राजनीतिक र सामरिक दुवै दृष्टिले नेपालका निम्ति खतरनाक भएकाले सदन र सडक सबैतिरबाट सम्झौताकाविरुद्ध लाग्न आग्रह गरिएको छ।

विज्ञप्तिको पूर्णपाठ

प्रकाशित: Dec 23, 2019| 14:26 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।