सोमबार, भदौ १, २०८३

४ जना बंगलादेशी नागरिक नक्कली नोटसहित पक्राउ

नक्कली नोटसहित चार जना बंलादेशी नागरिकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं- नक्कली नोटसहित चार जना बंलादेशी नागरिकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरको छ।

नक्कली नोट पसलमा दिएर फरार भएका बंगलादेशी नागरिक २६ वर्षीय सुमन खान र उनीसँगै बस्ने अन्य तीन जनालाई महानगरीय प्रहरी वृत्त थिमिले अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।

थिमि वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षकै महमद उल्लाहा रहेका छन्।

खानले थोकन्थलीको एक गिफ्ट पसलमा सामान खरिद गरी नक्कली नोट दुई हजार दिएका फरार भएको प्रहरीले जनाएको छ।

खान लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको वृत्त प्रमुख कोइरालाले जानकारी दिए।

नक्कली नोटसँगै बंगलादेशका नागरिकले बिना भिसा नेपालमा बस्न नपाउने भएकाले यसबारेमा समेत थप अनुसन्धान भइरहेको कोइरालाले बताए।

प्रकाशित: Dec 23, 2019| 12:45 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।