सोमबार, भदौ १, २०८३

असई, शिक्षक र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीबाट घुस लिने एक जना नेपाल प्रहरीका सहायक निरीक्षक (असई) , वडा सचिव र नक्कली शैक्षिक प्रमाण पत्रबाट जागिर खाने शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालमा मुद्दा दायर गरेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं - सेवाग्राहीबाट घुस लिने एक जना नेपाल प्रहरीका सहायक निरीक्षक (असई) , वडा सचिव र नक्कली शैक्षिक प्रमाण पत्रबाट जागिर खाने शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालमा मुद्दा दायर गरेको छ।

१५ हजार घुस रकमसहित पक्राउ परेका असई श्यामकुमार दाहाल, गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव दिनेश बाँस्कोटा र जय कालिका माध्यमिक विद्यालय बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो।

बिराटनगरस्थित सि.आर.भी. केशलियामार्गमा कार्यरत असई दाहाल खाद्य सामग्री ओसारपसारमा सहजिकरण गरिदिएवापत सेवाग्राहीबाट लिएको सात हजार घुससहित पक्राउ परेका थिए।
यस्तै वडा सचिव बाँस्कोटा पनि घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुसवापत लिएको २५ हजार रुपैयाँसहित पक्राउ परेका थिए।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार शिक्षक भट्टराईले आईएस्सी तहको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी निमावि स्थायी शिक्षक पदमा जागिर खाएको खुलेको छ।

प्रकाशित: Dec 23, 2019| 11:55 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।