सोमबार, भदौ १, २०८३

८० लाखको यार्सासहित तीनजना पक्राउ

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– प्रहरीले भारतीय कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बहुमूल्य जडीबुटी यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले चार किलो दुई सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको हो। उक्त यार्सागुम्बाको मूल्य करिब ८० लाख रहेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भारतीय यु के ० ४ टि बि १९६७ नम्बरको मारूती कारबाट यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरिएको जानकारी दिए। श्रेष्ठका अनुसार पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक छन्।

पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का ४८ वर्षीय गर्जेसिंह महरा, भारत भारत उतराखण्डका ३२ वर्षीय प्रेम सिंह र ३२ वर्षीय हरिश सिंह रहेका छन्।

विशेष सूचनाका आधारमा सवारी साधनको भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली चेकजाँच गर्दा सिटको दुबैतिर रहेको बोतल स्ट्याण्डमा लुकाइएको अवस्थामा उक्त यार्सागुम्बा भेटिएको प्रहरीले जनाएको छ। यार्सागुम्बा कागज र प्लाष्टिकले बेरेर २३ वटा पोकामा लुकाएको भेटिएको थियो।

प्रहरीले पक्राउ गरिएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको थानकोट प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 23, 2019| 11:17 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।