सोमबार, भदौ १, २०८३

कृष्णदासलाई थप तीन दिन हिरासतमा राख्‍न आदेश

आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागेका सुनसरीको चतराका कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरीलाई थप ३ दिन प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं - आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागेका सुनसरीको चतराका कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरीलाई थप ३ दिन प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको छ। सोमबार अदालत उपस्थित गराइएका कृष्णदासलाई अदालतले पुनः ३ दिनको म्याद थप गरेको हो।

कृष्णदास प्रहरीको नियन्त्रणमा रहेपनि अदालतको आदेशमा अस्पतालमै बस्दै आएका छन्। अदालतले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै प्रहरी निगरानीमा रहने गरी बिराट नर्सिङ होममै राख्न आदेश दिंदै आएको छ । प्रहरी अनुसन्धान अपुरो रहेको भन्दै सरकारी वकिलले यसअघि १० दिनको म्याद थप मागेकोमा अदालतले दिएको ७ दिनको म्याद समेत सकिएपछि फेरी तीन दिनको म्याद थप गरिएको हो।

प्रकाशित: Dec 23, 2019| 10:46 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।