सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सूर्य ग्रहणमा बिदा छैन : गृह, सावधानी अपनाउन विज्ञकाे सुझाव

सूर्य ग्रहणमा बिदा छैन : गृह, सावधानी अपनाउन विज्ञकाे सुझाव

खगोलविद् जयन्त आचार्यले सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिँदै आएकामा यसपटक भने नदिइने गृह मन्त्रालयले स्पष्ट पारेकाे छ।

हालसम्म सूर्य ग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको बताए।

ग्रहण बार्नेहरुले भने बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिन माग गरेका छन्।

पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्य ग्रहण लाग्नेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने जानकारी दिए।

उनका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ। बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

ग्रहण लाग्नुभन्दा चार प्रहर ९१२ घण्टाअघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई भोजन निषेध रहेको उनले बताए।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख छ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सावधानी अपनाउन सुझाव

खगोलविद् जयन्त आचार्यले सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।

आँखाभित्रको रेटिनामा सूर्यको प्रकाश परेमा एउटा भाग स्थायी रूपमै नष्ट भई अन्धो हुने सम्भावना छ।

आयार्चले भने, ‘सूर्यग्रहणका बेलामा नांगो आँखाले हेर्न हुँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्दछ।’

ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, लाओस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट पनि खण्डग्रास सूर्यग्रहण देखिनेछ।

यस्ता छन् विभिन्न विश्वास

ग्रहणसम्बन्धी विश्वास संसारभर छ। रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागनसँगको सम्बन्धमा विश्वास गरिन्छ।

प्राचीन मिश्रका राजा सूर्यग्रहणका बेला सहरको मुख्य मन्दिरमा गएर परिक्रमा गरिरहन्थे भन्ने इतिहास पाइन्छ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि गणित जाँच्ने सुनौलो अवसर हो।

वैज्ञानिक तथा खगोलविद्हरु सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन्।

प्रकाशित: Dec 23, 2019| 08:23 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।