सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाबहिल तनावग्रस्त : छात्रालाई ठक्कर दिने गाडी विद्यार्थीले जलाए

चाबहिल तनावग्रस्त : छात्रालाई ठक्कर दिने गाडी विद्यार्थीले जलाए

पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएर भाग्न खोजेपछि चाबहिल क्षेत्र तनावग्रस्त बनेको छ ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं- पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएर भाग्न खोजेपछि चाबहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

बा ७ ख ५९३० नम्बरको गाडीले बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज (सोमबार) बिहान सुकेधारामा ठक्कर दिएको थियो । उनको अवस्था गम्भीर छ ।

सृष्टिलाई ठक्कर दिएर भाग्न खोजेको गाडीमा विद्यार्थीले आगजनी र तोडफोडसमेत गरेका छन्। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ।

प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो। अहिले पनि चाबहिल क्षेत्रको अवस्था भने तनावग्रस्त छ भने यातायातका साधन पनि राम्रोसँग चल्न सकेका छैनन् ।

प्रकाशित: Dec 23, 2019| 03:28 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।