सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसईईको प्रश्नपत्र केन्द्रबाटै छापिने, प्रदेशका शिक्षा निर्देशक असन्तुष्ट

एसईईको प्रश्नपत्र केन्द्रबाटै छापिने, प्रदेशका शिक्षा निर्देशक असन्तुष्ट

प्रवेशिका परीक्षा (एसईई) को प्रश्नपत्र यसपटक पनि केन्द्रबाटै छापिने भएको छ। प्रदेशलाई बजेट समेत दिएर केन्द्रले नै प्रश्नपत्र छाप्न लागेकाे भन्दै
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौ- प्रवेशिका परीक्षा (एसईई) को प्रश्नपत्र यसपटक पनि केन्द्रबाटै छापिने भएको छ। माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरेपनि प्रश्नपत्र केन्द्रले नै छाप्दै आएको छ।

संविधानअनुसार कक्षा ८ सम्मको परीक्षा पूर्ण रूपमा स्थानीय तहले सञ्चालन गर्ने छ भने माध्यमिक तहको परीक्षा प्रदेश सरकारले सञ्चालन र व्यवस्थान गर्ने भनिएको छ।

तर, एसईई परिक्षामा केन्द्रले नै हस्तक्षेप गर्दै आएको छ । गत वर्ष अर्को वर्षदेखि प्रदेशले नै एसईई सञ्चालन गर्ने घोषणा गर्दै बजेट समेत दिइएको थियो।

यस वर्ष प्रदेश ५ ला एसईई परिक्षाको उत्तरपुस्तिका छाप्न भनेर तीन करोड १२ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । प्रदेश ३ लाई पाँच करोड ३९ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

तर, सरकारले बजेट नै छुट्याए पनि केन्द्र सरकार आफैले प्रश्नपत्र छापेको भन्दै शिक्षा निर्देशकहरुले असन्तुष्टि जनाएका छन् । यो वर्षबाट प्रदेशलाई नै प्रश्नपत्र छाप्न र परिक्षा संचालन गर्ने अधिकार दिने भनिएपनि केन्द्रले आफूखुसी गरेको भन्दै प्रदेशका शिक्षा निर्देशकहरुले असन्तुष्टि जनाएका हुन् ।

प्रदेश ५ का शिक्षा निर्देशक मनोज गैरेले केन्द्रले प्रदेशमाथि विश्वास नगरेको भन्दै गुनासो गरे । प्रदेश ३ का शिक्षा निर्देशक चन्द्र लुइँटेलले एसईई परीक्षा व्यवस्थापनको जिम्मा लिन आफूहरू तयार भएपनि केन्द्रले नपत्याएको भन्दै असन्तुष्टि जनाए ।

हाल केन्द्रले जनक शिक्षा सामग्री केन्द्रमा तीनवटै सुरक्षा निकायलाई प्रयोग गरेर प्रश्नपत्र छाप्दै आएको छ। परीक्षा नियन्त्रण कार्यालयले ६१ विषयका प्रश्नपत्र छाप्ने गरेको छ भने अनिवार्य विषयका प्रश्नपत्र फरकफरक प्रदेशका लागि फरकफरक बनाउने गरेको छ।

प्रकाशित: Dec 23, 2019| 02:48 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।