जनकपुरधाम- बमको हल्लाले एकाबिहानै जनकपुरमा त्रास फैलिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-४ भैरव चोकस्थित शुक्रबारी हाटनजिक शंकास्पद बस्तु फेला परेपछि बम रहेको भन्दै त्रासको फैलिएको हो ।
बिच सडकमा शंकास्पद बस्तु फेला परेपछि प्रहरीले बिहान ६ बजेदेखि मुरली चोक–राम चोक सडक खण्ड भएर सवारी साधनको अवागमन अवरुद्ध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले शंकास्पद वस्तु बम रहेको/नरहेको बारे स्पष्ट हुन नसकेको बताएको छ । शंकास्पद वस्तु रहेको ठाउँमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।