सोमबार, भदौ १, २०८३

अब घरबाटै दिन सकिन्छ वैदेशिक रोजगारीका लागि आवेदन

सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमै बसेर अनलाइनबाट छनोट प्रक्रियाका लागि आवेदन दिन सक्ने प्रणाली सुरु गरेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडाैं- सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमै बसेर अनलाइनबाट छनोट प्रक्रियाका लागि आवेदन दिन सक्ने प्रणाली सुरु गरेको छ।

यो प्रणालीको परीक्षणसँगै युवाले म्यानपावरमा आएका माग वैदेशिक रोजगार विभागको वेबसाइटमा हेरेर आफूले छनोट गरेको क्षेत्रमा घरबाटै आवेदन दिन सक्नेछन्।

एक म्यानपावरले कामदार छनोट गर्ने र अर्काे पूर्वस्वीकृति लिई कामदार छनोट गरी चलखेल गर्ने विकृति अन्त्य गर्न सरकारले यो सेलेक्सन मोडुलर र मागपत्र प्रमाणीकरणलाई अनलाइन प्रमाणीकरणसँग जोडेको हो।

सेलेक्सन मोडुलर म्यानपावरले कामदार छनोट गर्ने अनलाइन प्रणाली हो भने मागपत्र प्रमाणीकरण भने नेपाली नियोगले प्रमाणित गरेको नेपाली कामदारको माग विवरण हो। अब यी दुईवटा प्रक्रियालाई अनलाइन प्रणालीमा स्तरोन्नति गरिएको छ।

सरकारले जनवरीबाट विभिन्न देशका नेपाली नियोगले प्रमाणीकरण गरेका सबै मागपत्र सजिलै हेर्न सकिने गरी अनलाइन प्रणालीमा राख्ने जनाएको छ। कारोबार दैनिकबाट

प्रकाशित: Dec 23, 2019| 02:27 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।