सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपहरणमा परेका गाउँपालिका प्रमुख शाहीकाे उद्धार, विप्लव समूहका दुईजना पक्राउ

अपहरणमा परेका गाउँपालिका प्रमुख शाहीकाे उद्धार, विप्लव समूहका दुईजना पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिकाका प्रमुख धीरबहादुर शाही सकुशल अपहरणमुक्त भएका छन्।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकाका प्रमुख धीरबहादुर शाही सकुशल अपहरणमुक्त भएका छन्।

शनिबार राति १२ बजेतिर अपहरणमा परेका शाहीको प्रहरीले आइतबार कालिकोटबाट उद्धार गरेको हो। उद्धारका क्रममा विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन्।

शाहीलाई उद्धार गरी प्रहरीले कालिकोटको सदरमुकाम मान्मतर्फ लगेको छ। प्रहरीले खोजी अभियान थालेको १३ घण्टामा अपहरण मुक्त गराउन सफल भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी पूर्णचन्द्र जोशीले जानकारी दिएका छन्।

शाहीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका कार्यकर्ताले शनिबार राती ठाटीकाँधस्थित घरबाटै अपहरण गरेका थिए।

शाहीलाई अपहरणमुक्त गराउन प्रहरीले गोली चलाएको थियो। विप्लव कार्यकर्ताले कालिकोटको शुभाकालिका गाउँपालिकामा प्रहरीलाई देखेपछि भीरबाट ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो।

शनिबार राती शाहीसँगै उनकी श्रीमती इला शाही पनि अपहरणमा परेकी थिइन्।उनलाई नेकपा कार्यकर्ताहरुले दैलेख र कालिकोटको सीमामा रहेको भर्ता भीरमा छाडेका थिए।

प्रकाशित: Dec 22, 2019| 13:40 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।