सोमबार, भदौ १, २०८३

यी हुन् नेपालका वर्षकै उत्कृष्ट तस्बिर

पाल्पाका मिथुन कुँवरले खिचेको दशैंको समयमा घरमा रातो माटो लगाउँदै गरेको तस्बिर वर्षकै उत्कृष्ट भएको छ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं- पाल्पाका मिथुन कुँवरले खिचेको दशैंको समयमा घरमा रातो माटो लगाउँदै गरेको तस्बिर वर्षकै उत्कृष्ट भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको हो।

यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल गर्दा दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ।

स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाको तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।

प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए।

नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मिलित निर्णायक मण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो।

यस प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ।

यसै कार्यक्रममा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि गरिनेछ। फोटो प्रदर्शनी २०७७ पौष १७ सम्म चल्नेछ।

प्रकाशित: Dec 22, 2019| 12:54 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।