सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजगढ विमानस्थलका लागि तत्काल रुख नकाट्न सर्वोच्चको आदेश

निजगढ विमानस्थलका लागि तत्काल रुख नकाट्न सर्वोच्चको आदेश

निर्माण सुरु हुने क्रममा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख काट्ने काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं- निर्माण सुरु हुने क्रममा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख काट्ने काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले विमानस्थल क्षेत्रमा पर्ने रुख काट्ने काम तत्काल अगाडि नबढाउन आइतबार अन्तरिम आदेश दिएको हो।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थल निर्माणका क्रममा आवश्यकता भन्दा बढी रुख काट्न लागिएको र त्यसले वातावरणीय असर गर्ने भन्दै रञ्जु पाँडे क्षेत्री लगायतले उत्प्रेषणको माध्यमबाट अन्तरिम आदेशको माग गरी रीट दायर गरेका थिए।

गत मंसिर १७ गते दर्ता भएको रीटमा आइतबारको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो।

रुख नकाट्न माग गर्दै अरु पनि रिट तथा निवेदनहरु परेका छन्। रुख काट्ने विषयमै यसअघि अदालतले सरकारको तर्फबाट लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

प्रकाशित: Dec 22, 2019| 12:40 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।