सोमबार, भदौ १, २०८३

भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

पूर्वी नाका काँकडभिट्टामा आज (आइतबार) देखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

झापा- पूर्वी नाका काँकडभिट्टामा आज (आइतबार) देखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ।

अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ।

भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए। यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारवाही गरिने उनको भनाइ छ।

पर्यटन वर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न उक्त अभियानको शुरुवात गरिको मेची भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले बताए।

उनका अनुसार ती सवारी साधानले भन्सारमा राजश्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ। रासस

प्रकाशित: Dec 22, 2019| 12:30 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।