सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिरक्षा विश्वविद्यालय काभ्रेको पेरुङ्गे डाँडामा स्थापना गरिने

प्रतिरक्षा विश्वविद्यालय काभ्रेको पेरुङ्गे डाँडामा स्थापना गरिने

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका क्षेत्रभित्र स्थापना गर्ने भएको छ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं- सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका क्षेत्रभित्र स्थापना गर्ने भएको छ।

राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका सम्बन्धमा नीति तथा रणनीति निर्माण र कार्यान्वयनका लागि राज्यलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनको प्रमुख लक्ष्य राखेर बनेपा नगरपालिका– १३ र १४ स्थित पेरुङ्गे डाँडा वनक्षेत्रको ७५० रोपनी क्षेत्रमा विश्वविद्यालय खोल्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।

उक्त विश्वविद्यालय स्थापनका लागि सरकारले यस आर्थिक वर्षको बजेटमा करीब रु २० करोड बजेट विनियोजन गरेको थियो।

अहिलेसम्म मुलुकका लागि आवश्यक रणनीतिक तहको अध्यापनका लागि विदेशी संस्थामा निर्भर हुनुपरेको अवस्थामा उच्च प्राज्ञिक संस्थाका रुपमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रहितमा कोशेढुङ्गा सावित हुनेछ।

राष्ट्रिय सुरक्षानीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमतासहितको प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न विश्वविद्यालय खोलिन लागिएको हो। विश्वविद्यालय सम्बन्धी अवधारणापत्र हाल तयारीको क्रममा रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

स्थापना हुने विश्वविद्यालयबाट राष्ट्रियसुरक्षा तथा प्रतिरक्षा विषयमा रणनीतिक र कार्यक्षेत्र तहमा नीति तथा रणनीति तर्जूमाका लागि आवश्यक ज्ञानका साथै अनुसन्धान, सुझाव र विश्लेषणसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।

सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न यस्ता बौद्धिक र रणनीतिक प्राज्ञिक संरचना आवश्यक हुनेछन्।

राष्ट्रिय शक्तिका रुपमा आर्थिक, कुटनीतिक, सैनिक र सूचनालाई पूर्ण सन्तुलन र सामञ्जस्यसहित समन्वयात्मक हिसाबले परिचालन गर्न यस्तो विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ।

राष्ट्रका विविध क्षेत्रका प्रबुद्ध व्यक्तिबीचमा साझा उद्देश्य र लक्ष्य प्राप्तिका लागि रणनीतिक सोच र संस्कारमा समेत एकरुपता हुनुपर्ने आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गरिन लागिएको हो।

विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक स्वायततासहितको उच्च प्राज्ञिक संस्थाका रुपमा विकास गर्ने सरकारको ध्येय रहेको छ। उक्त विश्वविद्यालय स्थापनाका लागि करीब रु तीन अर्ब भन्दाबढी रकम लाग्ने बुझिएको छ।

विश्वविद्यालय परिसरमा ऐतिहासिक किल्ला र गढीको महत्वका विषय तथा समग्र समेटेर अध्ययनका लागि सङ्ग्रहालय स्थापना गर्ने सोच अघि सारिएको स्थानीय जनप्रतिनिधि सूर्यनारायण नापितले जानकारी दिए। रासस

प्रकाशित: Dec 22, 2019| 12:23 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।