सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा समस्या सुल्झाउन सरकारलाई निर्देशन, केन्द्रीय समिति बैठक पुस अन्तिम साता

सीमा समस्या सुल्झाउन सरकारलाई निर्देशन, केन्द्रीय समिति बैठक पुस अन्तिम साता

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाल र भारतबीच देखिएको सीमा समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। मंसिर २९ मा सुरु भएको स्थायी कमिटी बैठकले अन्तिम दिन आइतबार यस्तो निर्देशन दिने निर्णय गरेको हो।

स्थायी कमिटी बैठकले यही पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ। साथै विधान संशोधनको प्रस्ताव तयार पारेर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने र पछिल्लो समय भएका सडक दुर्घटनाका घाइतेलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ।

बहुचर्चित एमसीसी प्रकरणबारे भने बैठकले कुनै निर्णय गर्न सकेन । एमसीसीबारे सचिवालयलाई आवश्यक गृहकार्य गरेर निर्णय लिन सक्ने अख्तियारी स्थायी कमिटीले दिएको छ।

स्थायी कमिटी बैठकले पार्टीका नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव पनि पारित गरेको छ। अब यो निर्णयलाई केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ । केन्द्रीय कमिटीले प्रस्ताव पारित गरेपछि गौतम औपचारिक रुपमा नेकपाको उपाध्यक्ष बन्नेछन्।

विधान संशोधन भएपछि मात्र गौतम नेकपाको उपाध्यक्ष हुन पाउनेछन्। नेकपामा विधान संशोनको अधिकार केन्द्रीय कमिटीलाई मात्र छ।
गौतम तत्कालीन नेकपामा एमालेमा पनि उपाध्यक्ष थिए।

प्रकाशित: Dec 22, 2019| 11:31 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।