इटहरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा रहेको एक पूर्वमाओवादी कार्यकर्ताको घरबाट अत्याधुनिक हतियारसहित ठूलो परिमाणमा गोली भेटिएको छ। खेम प्रधानको घरमा रहेको पुरानो कुखुराको खोरमुनि हतियार र गोली भेटिएको हो।
सुुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलसहित पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले १ थान एसएमजी हतियार र करिब १० हजार गोली भेटाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
स्थानीयले दिएको सूचनाको आधारमा हतियार र गोली भेटिएको प्रहरीले जानकारी दिएको छ। धेरै अगाडि पुरिएको जस्तो देखिने हतियार र गोलीमा खिया लागेको पाइएको छ।