सोमबार, भदौ १, २०८३

बुटवलको सडक बेसहारा मानिसमुक्त !

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

बुटवल– ‘मेरो घर, टोल, छिमेक, वडाका विभिन्न स्थानमा भेटिएका बेसहारा, सहयोगापेक्षी मानवहरुको उद्धार, परामर्श, पारिवारिक पुनर्मिलन र सेवाको लागि तन, मन र धनका साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । जय मानव सेवा, समृद्ध बुटवल, खुसी बुटवलसबासी’। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवप्रसाद सुवेदीले शपथ ग्रहण गराएको उक्त शपथलाई आत्मसात् गर्दै शनिबारदेखि औपचारिक रुपमा बुटवलको सडक बेसहारा मान्छेहरुको मुक्तस्थल घोषणा भएको छ ।

स्थानीय सरकारले बेसहारा भएकाहरुलाई सहारा दिनेगरी कार्यक्रम घोषणा गरेसँगै यस्तो कार्यको थालनी भएको हो । प्रदेश ५ को राजधानीको रुपमा समेत प्रस्तावित बुटवल उपमहानगरपालिकाले सडक मानवमुक्त नगर भएको घोषणा गरेको छ । कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसीले उक्त घोषणा गरेलगत्तै आइतबार बिहानैदेखि विभिन्न टिकाटिप्पणी पनि शुरु भएका छन् । कतिपयले सस्तो लोकप्रीयताको लागि यस्तो कार्यक्रम घोषणा गरेको भन्दै तिखो आलोचना गरेका छन् भने कतिपयले राम्रो कामको शुरुवात भनेका छन् ।

नगरपालिकाले लामो समयको गृहकार्यपछि रुपन्देहीको एकमात्र उपमहानगर बुटवललाई सहयोगापेक्षी तथा बेसहारा मानवमुक्त घोषणा गरेको बताएको छ । बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।

सो कार्यक्रमको उद्घाटन मानवसेवा आश्रममा बस्दै आएकाहरुलाई दोसल्ला, माला ओढाएर गरिएको थियो । मानव सेवाको दृष्टिले उपमहानगरको कार्य अत्यन्तै मूल्यवान भएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताए ।

कार्यक्रममा मन्त्री, सांसद तथा सरकारी अधिकारीहरुले बुटवलमा कोही पनि बेसहारा र दुःख पाएको मान्छे भेटिए तत्काल उद्धार गरी मानव आश्रममा पुर्याइदिन आग्रह गरेका थिए ।

नगरपालिकाले सामाजिक विकास मन्त्रालयसँग समन्वय तथा सम्झौता गरेर उक्त कार्यको घोषणा गरेको हो । सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहयोगमा बुटवलमै अहिले २ वटा घर भाडामा लिई सञ्चालन गरिएको छ । उक्त घरमा सहयोगापेक्षी तथा बेसहारा मानिसलाई उद्धार गरी राख्ने कार्य भएको छ ।

प्रकाशित: Dec 22, 2019| 10:04 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।