सोमबार, भदौ १, २०८३

अतिक्रमित जग्गामा चल्यो गुठीको डोजर

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

जनकपुरधाम– गुठी संस्थान जनकपुरले मन्दिरको जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमान मन्दिर अधिनस्त जग्गा अतिक्रमण गरेर बनाइएका घरटहराहरु आइतबार गुठी संस्थानले डोजर चलाएर भत्काएको हो ।

मन्दिरका पुजारी किशोरी शरणले गुठी संस्थान जनकपुरमा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन निवेदन दिएका थिए । पुजारी शरणले दिएको निवेदनको आधारमा गुठी संस्थानले आधा दर्जन घरटहराहरु भत्काएको छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमाका सहभागी श्रद्धालुहरु हनुमान मन्दिरको जग्गामा एक रात विश्राम गर्ने गर्दछन् । धार्मिक महत्वको जग्गा अतिक्रमण हुन थालेपछि मन्दिरका पुजारीले घर टहरा हटाउन निवेदन दिएका थिए ।

गुठी संस्थान जनकपुरका निमित्त प्रमुख वैकुण्ठ रेग्मीले प्रहरीको सहयोगमा त्यहाँ निर्माण गरिएका ६ वटा घर टहरा भत्काउन लगाएका छन् । गुठी संस्थानले मन्दिरको जग्गा अतिक्रमण गरी दिनेश दास, भिलवा दास, उदय दास, बेचन दास, विल्टु यादव, रामदयाल दासलगायतले निर्माण गरेका घर टहरा भत्काएको हो ।

गुठी संस्थानका निमित्त प्रमुख रेग्मीले हनुमान मन्दिरका पुजारीले निवेदन दिएपछि घर टहरा भत्काइएको बताए । गुठीको जग्गा अतिक्रमण गरी बनाइएको अन्य घर टहराहरु समेत चाँडै भत्काइने उनको भनाइ छ ।

सरोकारबला निकायले चासो नदिँदा गुठी संस्थान अधिनस्त विघौ क्षेत्रफलको जग्गा अतिक्रमण गरी जनकपुरमा घर टहराहरु निर्माण भएका छन् । गुठी संस्थान र मन्दिरका महन्तहरुको मिलोमतोमा मन्दिरको जग्गा बेचबिखनका साथै अवैध तरिकाले अतिक्रमण हुँदै आएको आरोप लाग्ने गरेको छ ।

यसअघि गुठी संस्थान जनकपुरका निमित्त प्रमुख रहेका मनोज शर्मा निलम्बनमा परेका छन् । शर्माले जालसाजी तथा ठगी गरी गुठीको जग्गा बिक्री गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो । जालजासी तथा ठगी गरेको अभियोग लागेपछि उनी निलम्बनमा परेका हुन् ।

 

प्रकाशित: Dec 22, 2019| 09:46 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।