सोमबार, भदौ १, २०८३

गाउँपालिका अध्यक्ष ज्यान मुद्दामा जेल चलान

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

जनकपुरधाम– बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत जेल चलान भएका छन् । अध्यक्ष राउत सवारी ज्यान सम्बन्धी मुद्दामा आइतबार जेल चलान भएका हुन् ।

सवारी ज्यानसम्बन्धी मुद्दामा २०६३ भाद्र २९ गते जिल्ला अदालत बाराले दिएको फैसला कार्यान्वयन गराउन प्रहरीले गाउँपालिका प्रमुख राउतलाई पक्राउ गरी आइतबार अदालतमा हाजिर गराएको थियो ।

अदालतले कारागारमा कैद भुक्तानको लागि कारागारमा राख्न आदेश दिएपछि राउतलाई वीरगंज कारागार पठाइएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

१३ वर्षअघि राउतले चलाएको ना ४ प ३७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाराको छाता पिपरा बस्ने ६५ वर्षीया हासिया देवीको मृत्यु भएको थियो । जिल्ला अदालत बाराले राउतलाई २९ दिन कैद र दुई हजार जरिवाना तिराउन फैसला गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।

 

प्रकाशित: Dec 22, 2019| 09:41 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।