सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न कांग्रेसको माग

हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न कांग्रेसको माग

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– नेपालीहरुका लागि हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। आइतबार कांग्रेसका नेताहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटी ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका हुन्।

‘वर्क पर्मिट प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन्। काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाइ भोग्नु परेको छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं–हङकङ–मकाउ तथा मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको छ तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था नभएकोले हङकङको ट्रान्जिट भिसाको व्यवस्था हुनुपर्छ ।’

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीहरुले भोग्नुपरेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: Dec 22, 2019| 09:23 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।