सोमबार, भदौ १, २०८३

चार लाखबराबरका गहनासहित एकजना पक्राउ

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

जनकपुरधाम– ठूलो परिमाणमा अवैध सुनचाँदीका गहनासहित सिरहाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ बस्ने ३४ वर्षीय मनोज राय रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले चेकजाँचका क्रममा जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडी बजारबाट अवैध सुनचाँदीका गरगहनासहित रायलाई नियन्त्रणम लिएको हो ।

ज २ प ६४२२ नम्बरको मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा डिकीभित्र लुकाएर राखिएको सुनचाँदीको गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

रायको साथबाट बरामद गरिएको सुनचाँदीको गहनाको मूल्य चार लाख १८ हजार ७०५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायविरुद्ध थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताएका छन् ।

प्रकाशित: Dec 22, 2019| 07:39 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।