सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले सरकारी सम्पत्ति नेकपाका कार्यकर्तालाई बाँड्यो : पौडेल

सरकारले सरकारी सम्पत्ति नेकपाका कार्यकर्तालाई बाँड्यो : पौडेल

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

बनेपा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा नेतृत्वको वर्तमान सरकारले राज्यकोषको चरम दोहन गरिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस काभ्रेले वनेपामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारी सम्पत्ति आफ्ना कार्यकर्ताहरुबीच बाँडेकोमा सरकारको कडा आलोचना गरेका हुन्।

बालुवाटर तथा गोकर्ण जग्गा प्रकरणबाट वर्तमान सरकारले राज्यकोषमा लुटतन्त्र मच्चाएको पुष्टि भइसकेको पौडेलले बताए।

“कम्युनिष्टहरुको बाहुल्यता रहेको सरकार कम्युनिष्ट सिद्धान्तको ठीक विपरित हिँड्दा विश्व मानचित्रमा नै नेपालको इज्जतमा धब्बा लागेको छ,” पौडेलले भने।

देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो।

पौडेलले पछिल्लो समय मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, असुरक्षा, महँगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राखे ।

नेपाली कांग्रेसले अब सदनमा भ्रष्टाचारको मुद्दा शशक्त ढंगले उठाउनुपर्ने भन्दै पौडेलले निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्ने प्रत्याभूति नभए सम्म सदन सुचारु गर्न दिन नहुने तर्क गरे। सोही अवसरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १ सय ५० जनालाई पौडेलले स्वागत गरेका थिए ।

 

प्रकाशित: Dec 22, 2019| 07:18 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।