सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राई पक्राउ

गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राई पक्राउ

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं। गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राईलाई प्रहरीले पक्राउ गरेको छ। राईलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको लिखित उजुरीका आधारमा राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे थापाले बताए। प्रहरीका अनुसार राईले फोन गरेर तथा भेटेर व्यापारीहरुलाई धाकधम्की दिने गरेको दुई–तीन वटा उजुरी परेको छ। पक्राउ पर्ने राई यसअघि पाँच वर्ष जेल सजाय भागेर छुटेका बुझिएको छ।

थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन्। उनले पनि विभिन्न व्यक्तिलाई धाकधम्की दिएर रकम असुल्ने गरेको उजुरी महाशाखामा परेको छ।

प्रकाशित: Dec 22, 2019| 06:55 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।