सोमबार, भदौ १, २०८३

१५ करोडको कोकिनसहित विमानस्थलबाट ४ विदेशी पक्राउ

छ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौ- छ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको टोली र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।

व्यूरोकाअनुसार शनिबार राति विमानस्थलबाट दुईजना विदेशी नगारिकबाट चार किलोग्राम र अप्रेसनका क्रममा ठमेलबाट दुई जनालाई दुई किलोग्राम कोकिनसहित नियन्त्रणमा लिइएको हो।

व्यूरोका प्रवक्ता बीरेन्द्रकुमार बस्यालले पक्राउ परेका नागरिक बारे विस्तृत अनुसन्धान भैरहेको बताए। पक्राउ परेकाहरुको नाम र ठेगाना भने व्यरोले गोप्य राखेको छ।

प्रहरीले बरामद गरेको कोकिनको अन्तराष्ट्रिय मूल्य १५ करोड करोड रुपैयाँभन्दा बढि हुन आउँछ।

गत मंगलबार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई पनि व्यूरोलो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: Dec 22, 2019| 06:19 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।