सोमबार, भदौ १, २०८३

'महिला–पुरुष समान हुन अझै सय वर्ष'

महिला र पुरुषबीच सबैभन्दा बढी समानता आइसल्याण्डमा छ भने सबैभन्दा बढी असमानता यमनमा छ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– विश्व आर्थिक मञ्चले प्रकाशित गरेको पछिल्लो रिपोर्टले नेपालमा महिला–पुरुष असमानतामा केही सुधार भएको देखाएको छ। रिपोर्टका अनुसार यसवर्ष नेपालको स्थान सुधार भएर १०१ औं स्थानमा पुगेको छ। अघिल्लो वर्ष नेपाल १०५ औं स्थानमा थियो।

स्वास्थ्य र आर्थिक क्षेत्रमा महिला सहभागिताको हिसाबमा नेपाल १३१ औं स्थानमा छ। भारत सबैभन्दा तल्लो स्थान पाउने पाँच देशमा सामेल छ।

महिलाको स्वास्थ्य र आर्थिक सहभागिताका क्षेत्रमा स्थिति बिग्रँदा भारत ११२ औं स्थानमा पुगेको छ। दक्षिण एसियामा बांग्लादेश (५०) सबैभन्दा राम्रो स्थितिमा छ।

महिला र पुरुषबीच सबैभन्दा बढी समानता आइसल्याण्डमा छ भने सबैभन्दा बढी असमानता यमनमा छ। यमन १५३ औं स्थानमा छ भने इराक १५२ औं र पाकिस्तान १५१ औं स्थानमा छन्।

विश्व आर्थिक मञ्चको यो प्रतिवेदनअनुसार महिला–पुरुष असमानतालाई चार मुख्य कारकका आधारमा तय गरिएको हो। महिलालाई उपलब्ध आर्थिक अवसर, राजनीतिक सशक्तीकरण, शैक्षिक उपलब्धि र स्वास्थ्य एवम् आयुका आधारमा सूचकांक तयार गरिएको हो।

शैक्षिक उपलब्धिमा नेपालको स्थान १३३ औं छ भने राजनीतिक सशक्तीकरणमा ५९ औं। त्यसैगरी स्वास्थ्य र औषत आयुमा नेपाल १३१ औं नम्बरमा छ।

दक्षिण एसियामा भने नेपालको स्थान बांग्लादेश (५०) पछि दोस्रो (१०१) छ। त्यसैपछि पालो आउँछ, श्रीलंका (१०२), भारत (११२), मालदिभ्स (१२३), भुटान (१३१) र पाकिस्तान (१५१)।

‘सन् २०१९ मा महिला–पुरुषका बीच विभिन्न क्षेत्रमा जुन अन्तर छ, त्यसलाई पुर्न अझै ९९.५ वर्ष लाग्नेछ। यद्यपि, सन् २०१८ को तुलनामा यसमा धेरै सुधार देखिएको छ। सन् २०१८ मा यो असमानता पूर्णतया भर्न १०८ वर्ष लाग्ने अनुमान गरिएको थियो,’ विश्व आर्थिक मञ्चले भनेको छ।

यसैगरी, राजनीतिक असमानता पूरै सकिन २०१८ मा १०७ वर्ष लाग्ने अनुमान गरिएकोमा यस वर्षको सुधारले अब ९५ वर्ष लाग्ने देखाएको छ। यद्यपि, आर्थिक अवसरका मामिलामा भने विश्वभरको अवस्था सन् २०१८ को भन्दा बिग्रिएको छ।

आर्थिक अवसरका मामिलामा महिला–पुरुषबीच व्याप्त अन्तर कम गर्न सन् २०१८ मा २०२ वर्ष लाग्ने अनुमान गरिएकोमा अहिले यो अन्तर हटाउन २५७ वर्ष लाग्ने अनुमान गरिएको छ।

राजनीतिमा सुधार, अरुमा बिग्रियो

विश्व आर्थिक मञ्चले पहिलो महिला–पुरुष असमानता रिपोर्ट सन् २००६ मा जारी गरेको थियो। त्यसबेला नेपालको समग्र स्थान १११ औं थियो।

तर, सन् २००६ मा महिलालाई आर्थिक सहभागिता र अवसरमा नेपालको स्थान १०० औं थियो भने अहिले खस्केर १०१ औं स्थानमा पुगेको छ। शैक्षिक उपलब्धिमा सन् २००६ मा १०९ औं स्थानमा रहेको नेपालको अवस्था अहिले १३३ मा झरेको छ।

स्वास्थ्य र आयुमा पनि नेपालको अवस्था बिग्रेको छ। सन् २००६ मा १११ औं स्थानमा रहेको नेपाल अहिले १३१ औं स्थानमा पुगेको छ। तर, राजनीतिक सशक्तीकरणमा सन् २००६ मा १०२ औं स्थानमा रहेको नेपालले व्यापक सुधार गरी ५९ औं स्थानमा उक्लिएको छ।

विश्व आर्थिक मञ्चको यो सूचीमा नेपालको अवस्था खस्किनुको कारण नेपालमा साँच्चिकै अवस्था बिग्रेको नभई नेपालभन्दा अन्य देशहरुले बढी प्रगति गरेका कारण हो।

मञ्चले भारत (३५.४ प्रतिशत), पाकिस्तान (३२.७ प्रतिशत), यमन (२७.३ प्रतिशत), सिरिया (२४.९) प्रतिशत र इराक (२२.७ प्रतिशत) मा महिलाका लागि आर्थिक अवसर निकै कम भएको उल्लेख गरेको छ।

महिला–पुरुष असमानता सबैभन्दा कम रहेका देशहरुमा आइसल्याण्डपछि शीर्ष चारमा नर्वे, फिनल्यान्ड र स्वीडेन छन्। यसपछि निकारागुआ, न्यूजिल्याण्ड, आयरल्याण्ड, स्पेन र जर्मनीलाई सामेल गरिएको छ।

प्रकाशित: Dec 22, 2019| 06:15 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।