दैलेख- दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले नै अपहरण गरेको पुष्टि भएको छ।
विप्लवका जिल्लास्तरीय एक नेताले अध्यक्ष शाहीलाई केही सोधपुछका लागि नियन्त्रणमा लिएको बताए। शाहीमाथि पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकामा भ्रष्टाचार गरेको आरोप छ।
ती नेताले भने, 'अध्यक्ष शाहीलाई लिन जाँदा उहाँकी श्रीमती सँगै हिँड्भएको थियो। तर पछि बाटोमै छोडिदिएका छाै ।'
प्रहरीका अनुसार शिरपाटास्थित शाही घरबाट शनिबार मध्यराति अपहरण परेका हुन्। उनलाई अपहरण गर्न हतियारसहित करिब १५/१६ जना समूह आएको स्थानीयले बताएका छन्।
पहरणमा परेका अध्यक्ष शाहीकी श्रीमती ईला शाही र भाइ हस्तबहादुर शाहीलाई भने बिहान छाडिएको छ। ईलाका अनुसार शाहीलाई राजनीतिक कारण रहेको भन्दै अपहरण गरेका थिए।
पतिलाई २, ३ दिनभित्र छाड्ने आश्वासन दिएको ईलाले बताइन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अपहरणकारी खोज्ने र अध्यक्ष शाहीलाई छुटाउने प्रयत्न भइरहेको जानकारी दिए।