सोमबार, भदौ १, २०८३

नुवाकोटमा टिपर पल्टियो, २ मजदुरको मृत्यु

नुवाकोटमा मजदुरहरु चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

नुवाकोट- नुवाकोटमा मजदुरहरु चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको टिपर बिदुर नगरपालिका वडा नम्बर १२ मा आइतबार बिहान दुर्घटना हुँदा २ मजदुरको घटना स्थलमै मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् ।

बिदुर नगरपालिका वडा नम्बर ६ मा निर्मार्णाधिन मुनथला–चैनपुर सडकखण्डमा कार्यरत मजदुर बोकेको बा २ क ७९१० नम्बरको टिपर सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेकाे छैन् । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रकाशित: Dec 22, 2019| 05:10 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।