सोमबार, भदौ १, २०८३

आज वर्षकै छोटो दिन, थोरै समयमात्रै घाम लाग्ने

आज डिसेम्बर २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं- आज डिसेम्बर २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ ।

दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ ।

आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ ।

साढे १० घण्टा मात्रै उज्यालो हुने आज थोरै समयमात्र घाम लाग्ने छ । चिसो मौसमका कारणले पनि नेपालका अधिकांश स्थानमा घाम धेरैबेर देखिन छाडेको छ।

भोलीदेखि विस्तारै दिन लामो र रात छोटा हुँदै जाने छ । यसको महशुस हुन कम्तिमा १५ देखि २० दिन लाग्ने छ ।

डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

प्रकाशित: Dec 22, 2019| 02:33 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।