सोमबार, भदौ १, २०८३

मन्त्री भट्ट भन्छन्- 'आयल निगम निजीकरण हुँदैन'

सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडाैं- सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घको २०औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत गरिने बताए ।

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको निगमले व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै बेलाबेलामा निगमलाई निजीकरण गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

जनताले परिर्वतनको अनुभूति दिनुपर्छ भन्ने मान्यताका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले छिट्टै पेट्रोलियम कारोबारसम्बन्धी ऐन, नियम ल्याउने बताए ।

फरक प्रसङ्गमा मन्त्री भट्टले कानून पालना गराउन सरकार पछि नपर्ने बताउँदै नागरिकको सुरक्षाप्रति सधैँ गम्भीर बन्न उद्योगीलाई आग्रह गरे ।

सरकार अनुगमन गर्ने नाममा उद्योगी, व्यवसायी समक्ष जान नपरोस् भन्नेमा रहेको प्रष्ट पार्दै मन्त्री भट्टले भने, “व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार छ, तपाईहरु उपभोक्ताको सुरक्षाप्रति गम्भीर बन्नुहोस्, आफ्ना उत्पादन गुणस्तरीय छन् की छैनन् भनेर आफैँ अनुगमन गर्नुहोस् ।”

एलपी ग्यासमा अझै पनि उपभोक्ता ठगिइरहेका छन् भन्ने गुनासोप्रति उद्योगीको ध्यानाकर्षण गराउँदै उनले ग्यासको सिलिण्डर तौलेर तोकिएको परिणाममा ग्यास रहेको एकीन गरेर मात्र बिक्री वितरण गर्न आग्रह गरे ।

“जनतालाई आफू ठगिएको महसुस हुनुहुँदैन, सिलिण्डर जोखेर दिनुपर्नेमा आपत्ति नजनाउनुहोस् ।” उद्योग दर्ता गरेपछि अन्य सरकारी निकायसँग मन्त्रालयले नै समन्वय गरिदिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो ।

प्रकाशित: Dec 22, 2019| 02:28 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।