सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटार जग्गा काण्डमा अख्तियारकै पूर्वप्रमुख संलग्‍न, भ्रष्टाचारको मुद्दा चलाइने !

बालुवाटार जग्गा काण्डमा अख्तियारकै पूर्वप्रमुख संलग्‍न, भ्रष्टाचारको मुद्दा चलाइने !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले बालुवाटारको सरकारी जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।

कान्तिपुर दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले बालुवाटारको सरकारी जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेस गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

अनुसन्धान टोलीले बस्न्यातसहितका सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो । आयुक्तहरूले प्रतिवेदन अध्ययन गरिरहेको समाचारमा उल्लेख छ ।

आजको नयाँ पत्रिकाले यती समूहको अर्को बद्मासीको खुलासा गरेको छ । यतीले धरानमा विमानस्थल बनाउने भन्दै स्थानीयको जग्गा १६ वर्षदेखि कब्जा गरेको खुलासा गरेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज गैरकानुनी रूपमा कब्जा गरेको र गोकर्ण रिसोर्ट तथा दरबारमार्गको सरकारी जग्गा अनियमित रूपमा हत्याएको यती समूहले व्यक्तिका जग्गामा पनि कुदृष्टि राखेको समाचारमा उल्लेख छ ।

विमानस्थल बनाइदिन्छु भन्दै धरानका २५ परिवारबाट ९२ रोपनी जग्गा यतीले कौडीको भाउमा लिएको थियो, जब कि नेपालको कानुनअनुसार निजी कम्पनीले विमानस्थल बनाउन पाउँदैन ।

यस्तै अन्नपूर्ण पोस्ट् र नागरिक दैनिकले नेकपाको जारी स्थायी समिति बैठक छाडेर नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

पार्टी र सरकारका काममा राष्ट्रपतिले हस्तक्षेप गरेको आरोप लागिराखेका बेला उनले बैठक चलिरहेकै बेला केहि प्रभावशाली नेताहरुलाई आफ्नो निवासमा बोलाएर छलफल गरेकी हुन् । राष्ट्रपतिको शैलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट बनेका छन् ।

अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई कार्यान्व्यन गर्ने विषयमा सत्तारुढ नेकपा र सरकार विभाजित भएको विषयलाई कान्तिपुरले प्राथमिकताका साथ छापेको छ।

ललिता निवास प्रकरण : आफ्नै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस

कान्तिपुरमा प्रकाशित समाचारअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ‘ललिता निवास’ को जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेस गरेको छ ।

अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले बस्न्यातसहितका सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो । आयुक्तहरूले प्रतिवेदन अध्ययन गरिरहेका छन् ।

‘टोलीले रायको मस्यौदासहित प्रतिवेदन बुझाइसकेको छ । त्यसको अध्ययनपछि आउने प्रतिक्रियाका आधारमा अख्तियार बोर्डमा प्रतिवेदन पेस भएपछि आवश्यक निर्णय होला,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘बाहिर जानुभएका एक आयुक्त पनि फर्किसक्नुभएको छ । सम्भवतः यो साता निर्णय हुनेछ ।’

अति उच्च संवेदनशील विषय भएकाले निर्णय हुने दिन नै मुद्दा लैजाने गरी आरोपपत्रको मस्यौदा पनि तयार पारिँदै छ । आयुक्तहरूको सल्लाहअनुसार प्रतिवेदनमा केही विषयवस्तु सामान्य हेरफेर भने हुन सक्ने स्रोतले उल्लेख गर्‍यो ।

कान्तिपुरको सम्पर्कमा आएका अख्तियारका फरकफरक स्रोतले, तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवसमेत रहेका दीप बस्न्यात र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निश्चित भएको पुष्टि गरे । पूर्वसचिव पन्त २०६९ सालमा गठित खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री पनि थिए ।

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठलगायतसँग बयान लिए पनि उनीहरूमाथिको रायका बारे स्रोतले केही बताउन चाहेन । एक साताभित्रै विशेष अदालतमा मुद्दा लैजाने अख्तियारको तयारी छ ।

धरानमा विमानस्थल बनाउने भन्दै स्थानीयको जग्गा १६ वर्षदेखि यती एयरको पकडमा

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज गैरकानुनी रूपमा कब्जा गरेको र गोकर्ण रिसोर्ट तथा दरबारमार्गको सरकारी जग्गा अनियमित रूपमा हत्याएको यती समूहले व्यक्तिका जग्गामा पनि कुदृष्टि राखेको छ ।

विमानस्थल बनाइदिन्छु भन्दै धरानका २५ परिवारबाट ९२ रोपनी जग्गा यतीले कौडीको भाउमा लिएको थियो, जब कि नेपालको कानुनअनुसार निजी कम्पनीले विमानस्थल बनाउन पाउँदैन ।

राजा ज्ञानेन्द्रले शासन हातमा लिएका वेला चैत ०६० मा विमानस्थल बनाउने भन्दै धरान घोपाडाँडाका स्थानीयबाट मुआब्जाको शैलीमा पैसा दिएर जग्गा जम्मा गरेको थियो । राजाबाट टीका लगाएर मेयर बनेका कुमारबहादुर कार्कीले मध्यस्थता गरेर स्थानीयको सात बिघा तीन कट्ठा पाँच धुर (करिब ९२ रोपनी) जग्गा यतीलाई दिलाएका थिए ।

मेयरसमेतले विमानस्थल बन्ने हो भनेपछि स्थानीयले २८ देखि ४० हजार प्रतिकट्ठाका दरले जग्गा दिएका थिए । अहिले सो क्षेत्रमा जग्गाको मूल्य प्रतिकट्ठा १५ देखि ३० लाखमा कारोबार भइरहेको वडा नम्बर १७ का वडाअध्यक्ष सूर्यकुमार भट्टराई बताउँछन् । तर, ९२ रोपनी जग्गा यतीले जम्मा ४५ लाख रुपैयाँभन्दा कम मूल्यमा हात पारेको थियो । अहिले स्थानीय बजारभाउअनुसार सो जग्गाको मूल्य ३२ करोडभन्दा बढी पर्छ ।

विमानस्थल नबनेमा स्थानीयले पैसा फिर्ता गर्ने र यतीले जग्गा फिर्ता गर्ने भनेर कागजमै स्पष्ट लेखिएको छ । १६ वर्षसम्म विमानस्थल नबनेपछि स्थानीयले जग्गा फिर्ता मागेका छन् ।

‘मेरो जग्गाको प्रतिकट्ठा २८ हजारका दरले मात्रै रकम पाएको हुँ । मलाई पैसा चाहिएर जग्गा दिएको पनि होइन, विकासका लागि जग्गा दिएका थियौँ,’ स्थानीय इन्द्र कटुवालले नयाँ पत्रिकासँग भने, ‘तर, विमानस्थल पनि निर्माण भएन, जग्गा फिर्ता पनि भएन । विमानस्थल नबने जग्गा फिर्ता गर्ने सहमतिपत्र छ । अब यसैलाई आधार मानेर हामी मुद्दामा जान छलफल गरिरहेका छौँ ।’

तर, यतीले भने अब २२ लाख प्रतिकट्ठाका दरले यो जग्गा सरकारलाई भिडाउन खोजेको छ । जनताबाट सस्तोमा किनेकोभन्दा ५७ गुणा बढीमा सरकारलाई बेच्न यतीले नागरिक उड्डयन प्राधिकरणलाई दबाब दिँदै आएको छ ।

प्रकाशित: Dec 22, 2019| 01:30 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।