सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'सुकुम्वासीले फागुनभित्र जग्गाधनी प्रमाणपत्र पाउँछन्'

'सुकुम्वासीले फागुनभित्र जग्गाधनी प्रमाणपत्र पाउँछन्'

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताएकी छन्।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

चितवन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताएकी छन्।

चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताईन्। ‘अब बन्ने कानूनले सुकुम्वासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समधान हुँदैछ’ उनले भनिन्।

सरकारले भूमिहीन सुकुम्वासीलाई पहिलो नम्बरमा र अव्यवस्थित बसोबासलाई दोस्रो नम्बरमा राखेर समाधान गर्न लागेको मन्त्री अर्यालको भनाइ छ। उनका अनुसार अव्यवस्थित बसोबासलाई निश्चित रकम लिएर जग्गाधनी प्रमाणपत्र दिने व्यवस्था मिलाइँदै छ। रासस

प्रकाशित: Dec 21, 2019| 13:46 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।