सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माणाधीन क्रिकेट रंगाशालालाई अमर स्कुलको आर्थिक सहयोग

निर्माणाधीन क्रिकेट रंगाशालालाई अमर स्कुलको आर्थिक सहयोग

नवलपुर रजहरस्थित अमर ईंग्लीस स्कुलले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई आर्थिक सहयोग गरेको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं- नवलपुर रजहरस्थित अमर ईंग्लीस स्कुलले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई आर्थिक सहयोग गरेको छ।

बिद्यालयका प्रिन्सिपल पदम बरालले घोषणा गरेअनुसार एक लाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रममा उपस्थित सहभागिले समेत रकम थप्दा दुइलाख २३ हजार ४ सय ३३ रुपैयाँ पुगेको हो।

उक्त रकम शुक्रबार बरालले धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन्। बिद्यालयको समापन समारोहमा उपस्थित भएका फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरिएको हो।

कट्टेलले स्कुलले गरेको आर्थिक सहयोगले रंगाशाला निर्माणमा थप उत्साहा थपेको प्रतिक्रिया दिए। कार्यक्रममा प्रिन्सिपल पदम बराल, प्रबन्ध निर्देशक द्रौपदी बराल र परिवारका सदस्य तथा बिद्यालयका शिक्षकहरुले सामुहिक रुपमा रकम हस्तान्तरण गरे।

कट्टेलले कार्यक्रममा बालबालिकालाई प्रेरित गर्नेगरी प्रस्तुतिसमेत दिएका थिए। शुक्रबारै बरालले आफ्ना माता लीलाबती र पिता चुडामणीको संझनामा रजहरको देवचुली माबिमा अक्षयकोष स्थापना गरेका छन्।

बिद्यालयका प्रधानध्यापक नारायण भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष सूर्य न्यौपानेलाई बराल परिवारले एक लाख रुपैयाँ हस्तान्तरण गरे। २५ बर्ष अघि बरालका मातापिताले यो बिद्यालय स्थापना गरेका थिए।

गीत संगीतमारुचि राख्ने चुडामणिले बालबालिकालाई गितार बजाएर कखरा समेत सिकाएको पूर्व विद्यार्थीहरुले बताए।

सामुदायिक बिद्यालयमा पढ्ने गरिब, जेहेन्दार बालबालिकाको शिक्षामा खर्च गर्ने गरी उक्त कोष स्थापना गरिदिएको बरालले जानकारी दिए।

बरालले पनि उक्त बिद्यालयमै अध्ययन गरेका थिए। पाँच दिन सम्म चलेको महोत्सवमा ६० जना बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

त्यस्तै पूर्व बिद्यार्थीको भेला, भजन प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता र कलस यात्रा समेत गरिएको थियो।समापन कार्यक्रममा प्रतियोगिताका बिजयीलाई पुरस्कार पनि बितरण गरिएको थियो।

प्रकाशित: Dec 21, 2019| 11:56 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।