सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको ट्‍विटर ह्‍याक गर्ने व्यक्ति पत्ता लाग्ला ?

प्रधानमन्त्रीको ट्‍विटर ह्‍याक गर्ने व्यक्ति पत्ता लाग्ला ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डल ‘ह्याक’ भएको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डल ‘ह्याक’ भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कसैले प्रधानमन्त्रीको पासवर्ड दुरुपयोग गरेको छ। उनैका अनुसार ह्याक भएको पासवर्ड ‘रिकभर’ समेत भइसकेको छ।

शुक्रबार राति प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको आन्तरिक राजनीतिका विषयमा लेखिएको एउटा ट्विट लाइक र रिट्विट भएपछि ‘ह्याक’ प्रकरणको चर्चा चलेको हो।

भारतको विपक्षी दल कांग्रेस आईकी नेतृ सोनिया गान्धीले देशवासीलाई संयमित हुन आग्रह गर्दै गरेको ट्विट प्रधानमन्त्री ओलीको आधिकारिक ह्यान्डलबाट लाइक र रिट्विट भएको थियो।

प्रधानमन्त्रीको आधिकारिक पेजबाट अर्को मुलुकको विपक्षी दलका नेताको ट्वीट रिट्वीट भएपछि यसले सामाजिक सञ्जालमा हलचल ल्यायो।

यो हलचलपछि प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको ट्वीटरको ‘पासवर्डको दुरुपयोग’ भएको दाबी गर्दै प्रधानमन्त्री स्वयंले लाइक र रिट्वीट नगरेकाले भ्रममा नपर्न आग्रह गरे।

यो आग्रह आउनुभन्दा अगाडि नै सामाजिक सञ्जालमा प्रधानमन्त्रको ट्वीटरबाट भएको यस कार्यको व्यापक आलोचना भइरहेको थियो।

प्रधानमन्त्री ओलीले आफैले चलाउने गरेको भनिएको ट्वीटरबाट यसप्रकारको काम भएपछि यस्तो कार्य गर्ने व्यक्तिमाथि कारबाही हुनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्।

कतिपयले त प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नै दुरुपयोग गरेको आशंका गरेका छन्। सामाजिक सञ्जालमा विभिन्न आरोप, लाञ्छना लाग्ने क्रम जारी रहँदा कतिपयले नैतिकताका आधारमा प्रेस सल्लाहकारले राजीनामा दिनुपर्नेसम्मका कुराहरु उठेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने पासवर्डको दुरुपयोग गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको ट्वीटमार्फत नै जानकारी गराएका छन्।

अबको प्रश्न भने के पासवर्ड दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही होला त भन्ने नै हो ?

कुनै पनि देशको आन्तरिक मामिलामा त्यहाँकै प्रतिपक्षी दलले गरेको ट्वीटलाई रिट्वीट गरेर गम्भीर गल्ती गरेको सन्दर्भमा त्यस्तो कार्य गर्ने व्यक्ति को हुन सक्छ त ?

ती व्यक्ति बालुवाटारकै वरिपरीका हुन् वा बाहिरका ?

सामाजिक सञ्जालमा सामान्य भन्दा सामान्य गल्ती गरेका व्यक्तिहरु भटाभट पक्राउ परिरहेको देखिन्छ।

राष्ट्रपति, प्रधानमन्त्री वा अन्य उच्च पदस्थ व्यक्तिहरुको विषयमा गलत सूचना सम्प्रेषण गर्ने, तस्बिरहरु सम्पादन गरेर विगार्नेहरु कारबाहीमा परिरहेको देखिन्छ। त्यतिमात्र होइन ‘फेक आईडी’ प्रयोग गरिरहेकाहरु समेत समातिएका छन्।

यसको अर्थ सामाजिक सञ्जाल दुरुपयोग गर्ने व्यक्तिलाई सहजै चिन्न सक्ने, पक्राउ गर्न सक्ने र तत्काल कानुनको दायरामा ल्याउन सक्ने संयन्त्र प्रहरीसँग छ।

प्रधानमन्त्री जस्तो व्यक्तिकै ट्वीटरको पासवर्ड दुरुपयोग गर्ने व्यक्ति पनि यतै लुकेर बसेको हुन सक्छ। अथवा बालुवाटरकै वरिपरी हुन सक्छ। साँच्चै दुरुपयोग भएको हो भने त्यस्तो व्यक्ति पक्राउ पर्छ त ? कारबाहीमा पर्छ त ?

प्रधानमन्त्रीलाई नै वा मुलुकलाई नै अप्ठेरोमा पार्ने गरी सामाजिक सञ्जालहरु चलाउने, मनोमानी गर्ने, चकचक गर्ने व्यक्तिहरु सत्ताको नजिक भएकाले संरक्षणमा बसिरहन पाउने त होइनन् भन्ने चिन्ता सामाजिक सञ्जालहरुमै व्यक्त भएका छन्।

त्यस्ता व्यक्तिहरु पक्राउ नपर्दा, कारबाहीमा नपर्दा यहाँको सुरक्षा संयन्त्र मात्र होइन बालुवाटारले नै संरक्षण दियो कि भन्ने आशंका स्वभाविक जन्मिने छन्।

यो आशंकाले प्रधानमन्त्रीको किचेन क्याबिनेटमा कमजोर खराब मानिसहरुको हालीमुहाली रहेको भन्ने आरोपलाई थप बलियो बनाउने पनि निश्चित छ। साथै गल्ती गर्नेहरुलाई प्रधानमन्त्री आफैले पनि संरक्षण दिइरहने हुन् त भन्ने प्रश्न पुनः उठ्नेछ।

यसअघि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले एउटा आक्रोशपूर्ण ट्वीट लेख्दै ‘छौँडा’ शब्द प्रयोग गर्दा प्रधानमन्त्रीसमेतको आलोचना भएको थियो।

रिमाल अहिले पनि प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारकै रुपमा रहेका छन्।

के थियो प्रधानमन्त्रीको ह्यान्डलबाट लाइक र रिट्वीट भएको ट्वीट ?

 

 

प्रकाशित: Dec 21, 2019| 09:36 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।