सोमबार, भदौ १, २०८३

चिसो बढेपछि दाउरा वितरण शुरु

केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन्।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

गाईघाट- केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन्।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालयले गाईघाटको बोक्से चौक, गाईघाट बजार, पुरानो गाईघाट, देउरीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ।

बिहीबार र शुक्रबार गरेर झण्डै यी क्षेत्रमा दश क्विन्टल दाउरा विभिन्न चौकमा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताए।

यस्तै नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।

चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि गाईघाट त्रियुगा शान्तिधाम समितिले समेत पाँच क्विन्टलभन्दा बढी दाउरा किनेर गाईघाट मोतिगडा क्षेत्रमा वितरण गरिएको शान्तिधाम समितिका अध्यक्ष गिरीराज खतिवडाले बताए।

घरमा आर्थिक कमजोरका कारण ओढ्ने ओछ्याउने कमजोर हुने यस क्षेत्रका मुसहर समुदायका परिवारहरु रातभरि नै आगो बालेर आगोको सहाराले रात कटाउन थालेका जोगिदह मुसरटोलका सबुर सदाले बताए।

निरन्तर शीतलहरका कारण चिसो बढेपछि उदयपुरका तराई क्षेत्रका धेरै विद्यालयका विद्यार्थीसमेत विद्यालय उपस्थित हुन छाडेका सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन्। रासस

प्रकाशित: Dec 21, 2019| 08:04 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।