सोमबार, भदौ १, २०८३

बागलुङमा जिप दुर्घटना, दुईको अवस्था गम्भीर

बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

बागलुङ - बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका-२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन्।

घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। अचानक टायर खुस्किँदा जिप सडकबाट झण्डै २०० मिटर तल खसेको थियो।

प्रकाशित: Dec 21, 2019| 06:22 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।