सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी समिति बैठक आज सकिँदै, प्रचण्डले जवाफ दिने

नेकपा स्थायी समिति बैठक आज सकिँदै, प्रचण्डले जवाफ दिने

मंसीर २९ गतेदेखि चलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (शनिबार) सकिने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज स्थायी समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनेछन्।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं - मंसीर २९ गतेदेखि चलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (शनिबार) सकिने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज स्थायी समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रचण्डबीच शुक्रबार बैठकमा उठेका प्रश्नबारे छलफलसमेत भएको थियो। बैठकमा सरकारको काम र पार्टी नेतृत्वको विषयमा स्थायी समिति सदस्यहरूले आलोचनात्मक टिप्पणी गरेकाले त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको थियो।

बैठकमा सदस्यहरुले सरकार तथा पार्टी प्रभावकारी हुन नसकेको, पार्टी एकीकरण प्रक्रियामा ढिलाई भएको, अमेरिकी सहयोग एमसिसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) र चीनको बिआरआई परियोजना फरक-फरक भएकाले राष्ट्रिय हितको सुनिश्चितता हेरेर मात्र एमसिसी सम्झौतालाई संसद्बाट अनुमोदन गर्नुपर्ने, सीमा अतिक्रमण, सचिवालय समावेशी नभएकोलगायतका विषयहरुमाथि मुख्य रुपमा छलफल भएको थियो।

स्थायी समिति बैठकमा प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि लिखित र मौखिक धेरै विषय पनि उठेका छन्। तिनै विषयलाई समेटेर प्रतिवेदन संशोधन गर्ने तयारीमा दाहाल छन्। नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीबारे आफूले राखेको सातबुँदे नोट अफ डिसेन्ट (असहमति)माथि छलफल गर्न माग गरेका थिए। उनले पार्टी सञ्चालनमा विधि, प्रक्रिया मिचिएको, सरकारले प्रभावकारी काम गर्न नसकेको, एक व्यक्तिः एक मुख्य जिम्मेवारीको नीतिलाई कडाइका साथ लागू नगरिएको भन्दै असहमति राखेका थिए। त्यसैले पनि यस विषयमा ओली र प्रचण्डबीच गम्भीर छलफल भएको बताइएको छ। समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका थिए भने केही नेताले आलोचना गरेका थिए।

प्रकाशित: Dec 21, 2019| 04:18 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।