काठमाडौं - पश्चिमी वायुको प्रभावका कारण आज देशका पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली हुन सक्ने तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। काठमाडौं उपत्यकामा घाम लागेपनि आंशिक रुपमा दिउँसो बदली हुने महाशाखाको अनुमान छ।
पश्चिमी वायुले ल्याउने न्यूनचापीय प्रणालीले मौसम बदली गराउने भएपनि यो आइतबारदेखि कमजोर भएर जाने महाशाखाले जनाएको छ। पश्चिमी वायुले तराईमा लाग्ने कुहिरो/हुस्सुमा भने केही कम गराउने छ।
महाशाखाले पहाडी र उच्च हिमाली भेगमा चिसो बढ्न सक्ने तथा वर्षा र हिमपात हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
यस्तै आइतबार देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहको भएपनि भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहने महाशाखाले जनाएको छ।